विवाहको २१ वर्षपछि अर्जुन रामपाल–मेहर जेसियाको अन्ततः भयो सम्बन्धविच्छेद, दुई छोरी आमासँगै बस्ने
विवाहको २१ वर्षपछि अभिनेता अर्जुन रामपाल र भूतपूर्व सुपरमोडल मेहर जेसियाको सम्बन्धविच्छेदलाई बान्द्राको फ्यामिली कोर्टले स्विकारोक्ति दिएको छ । रिपोर्टका अनुसार मुख्य न्यायाधीश शैलजा सावन्तले सम्बन्धविच्छेदको मञ्जुरी दिएकी हुन् । उनले आफ्नो निर्णय सुनाउँदै दुई छोरी (माहिका र मायरा) आमासँगै बान्द्रास्थित डुप्लेक्समा बस्ने बताएकी छिन् ।
मार्च २०१८ मा अलग्गिएका थिए अर्जुन–मेहरः
सन् २०१८ मा अर्जुन र मेहरले आफूहरु अलग्गिएको घोषणा गरेका थिए । उनले आफ्नो साझा बयानमा भनेका थिए, ‘प्रेम र प्रिय यादले भरिएको २० वर्षको सुन्दर यात्रा तय गरेपछि हाम्रो बाटो अलग्गिएको बताउन चाहन्छु । हामीलाई लाग्छ कि अब हामी भिन्न उद्देश्यतर्फ मोडिने बेला आएको छ । हामी एक अर्काका लागि पिलरको रुपमा खडा भयौं । भविष्यमा पनि एक अर्का र आफ्नो परिवारजनका लागि यसरी नै खडा हुनेछौं ।’
गेब्रिएलासँग रिलेशनशिपमा छन् अर्जुनः
अर्जुन आजकाल दक्षिणी अफ्रिकी मोडल र नायिका गेब्रिएला डेमेट्रिएड्ससँग सम्बन्धमा छन् । अहिलेसम्म उनीहरुले विवाह गरेका छैनन् । यद्यपि, यसै वर्ष जुलाईमा उनीहरु छोरा आरिकका आमा–बुवा बने । मेहरसँग अर्जुनले सन् १९९८ मा विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण