जनकपुरमा तिम्ल्याहा शिशुको जन्म
बिहीबार, ०५ मङ्सिर २०७६, १३ : ३७
जनकपुर । जनकपुरमा एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छिन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का बजरंगप्रसाद जयसवालकी पत्नीले धनुषा अस्पतालमा एकै पटक तीन शिशु जन्माएकी हुन् ।
मंसिर ३ गते सुत्केरी व्यथा लागेपछि उपचारका लागि ल्याइएकी बजरंगकी पत्नीले बिहीबार बिहान शल्यक्रियामार्फत बच्चा जन्माएको धनुषा अस्पतालले जानकारी दिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार तीन वटै शिशुको तौल २ किलोग्राम भन्दा माथि छ ।
प्रत्येक एक मिनेटको अन्तरालमा २ छोरी र १ छोराको जन्म भएको हो । तीन वटा शिशुमध्ये एउटा शिशुको स्वास्थ्य अवस्था केही कमजोर रहेका कारण आईसियुमा राखेर उपचार भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण