मीटूको असरः ‘इन्डियन आइडल’ बाट निकालिए अनु मलिक
भारतीय संगितकार अनु मलिकलाई रियालीटी शो ‘इन्डियन आइडल’बाट निकालिएको छ । उनलाई यौन शोषण गरेको आरोप लागेको कारण शोबाट निकालिएको हो ।
बिहीबार गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको यौन शोषणको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाएको थियो । आयोगले सोनी टेलिभिजनसँग स्पष्टिकरण मागेको थियो ।
@NCWIndia has taken Suo-motu cognizance of this matter and send a notice to Sony Entertainment Television @sharmarekha @MinistryWCD @PMOIndia pic.twitter.com/gTUStj9ixC
— NCW (@NCWIndia) November 21, 2019
आयोगले सोनी इन्टरटेनमेन्ट टेलिभिजनका अध्यक्ष रोहित गुप्तालाई सूचना जारी गर्दै मलिकलाई शोबाट निकाल्न आग्रह गरेको थियो ।
My open letter to the honourable minister for women & child development.👇🏾. @smritiirani ,I hugely admire you, your tenacity & commitment to work for the welfare of people in India & I request you to please read this.Many more women are writing in to me privately about this man🙏🏾 pic.twitter.com/Z8bU8RG528
— ShutUpSona (@sonamohapatra) November 21, 2019
गायिका सोनाले महिला तथा बालबालिका विकास मन्त्री ईरानीलाई सानी टेलिभिजनमाथि प्रश्न उठाउँदै खुल्ला पत्रमा लेखेकी थिइन, ‘ती संस्थाको के, जसले यस्ता आरोपीलाई काम गर्न दिन्छन् । यसमध्ये सोनी टेलिभिजन पनि एक हो । जसले थुप्रै महिलाहरुले लगाएको आरोपको वेवास्ता गर्दै अनु मलिकलाई अनुबन्ध गर्छ । यसमाथि तिनै व्यक्तिलाई ‘इन्डियन आइडल’को निर्णायक बनाइदियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण