पछिल्लो निर्णयले पार्टी एक ढिक्का भएको छः प्रचण्ड
बाग्लुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो निर्णयले पार्टी झन् एक ढिक्का भएको बताएका छन् ।
बाग्लुङको बुर्तिवाङमा आयोजित चुनावी सभालाई आज दिउँसो सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘दुईटा अध्यक्षले कता कता जोड दिने भन्ने पनि टुङ्ग्याएका छौं । एउटाले सरकारमा जोड दिने र एउटाले पार्टीमा जोड दिने भन्ने पनि टुङ्ग्याएका छौं ।’
अध्यक्षले पार्टीमा अब कुनै पनि भ्रम नभएको र अब बाटो सफा भएको बताए ।
अध्यक्षले राष्ट्रको एकता, स्वाधिनता र भौगोलिक अखण्डता कायमा गर्नको लागि नेपाली जनताको एकता भन्दा ठूलो तागत अरु केही पनि नहने प्रष्ट पारे ।
उनले भने, ‘राष्ट्रको वृहत्तर हितको निम्ति र नेपाली जनताको समृद्धि र विकासको आकांक्षालाई सम्बोधन गर्ने तागत पैदा गर्नको लागि एकता पैदा गरिएको हो । यो वाम गठबन्धन पनि त्यहि एकताको कडीका रुपमा हामीले बुझेका छौं । मैले र हाम्रो पार्टी नेतृत्वले यहाँका पार्टीका साथीहरुलाई बिना कुनै तर यदि भन्ने कुनै आशंका नराखीकन वाम गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन अगाडि बढ्नु पर्दछ । पार्टी एउटा निश्चित बिचारबाट चलेको हुन्छ । त्यसका निश्चित उद्देश्य हुन्छन् । पार्टीमा छलफल र बहसहरु हुन्छन् । तर निर्णय भइसकेपछि सम्पूर्ण पार्टी सदस्यहरुले त्यो निर्णयको पालना गर्नुपर्दछ । पार्टी हुनुको यो न्यूनतम सर्त हो । त्यसो नभए पार्टी भन्ने हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण