बुटवलमा प्रहरीलाई छक्याउँदै विप्लव निकटका विद्यार्थीको जुलुस
बुटवल । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आइतबार रुपन्देहीको बुटवलमा प्रहरीलाई छक्याउँदै जुलुस निकालेका छन् । भारतले नेपाली भूभाग मिचेर आफ्नो नक्सा बनाएको बिरोधमा विद्यार्थीले जुलुस निकाका हुन् ।
जुलुसमा सहभागी विद्यार्थीहरुले कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो हो, भारतीय सेना नेपाली भूमि छोड लगायतका नारा लगाएका थिए । अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा बुटवलको योगीकुटी, कालिकानगर, देवीनगर, मिलनचोक, नयाँबसपार्क, गोलपार्कबाट एकैसाथ जुलुस निकालिएको थियो ।
बुटवलका विभिन्न शैक्षिक संस्था तथा कलेजमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको जुलुसलाई नियन्त्रण गर्न प्रहरीले कालिकानगर, चौराहा, मिलनचोक, गोलपार्कमा प्रयास गरे पनि सफल हुन सकेन ।
प्रहरीले जुलुसलाई रोक्न खोज्दा विद्यार्थीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।
अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनाी क्षेत्रीय समन्वय समितिका संयोजक तथा केन्द्रीय सचिवालय सदस्य बिरेन्द्र बिकले नेपाली भूमि फिर्ताका लागि आन्दोलन जारी राख्ने बताए । नेपाली भूमि मिचेर भारतले बनाएको नक्कली नक्सा नसच्याउँदासम्म आन्दोलन निरन्तर अगाडि बढाइने विद्यार्थी नेताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण