द्वन्द्वपीडितको नारकीय जीवन, सात वर्षदेखि साङ्लोमै
दुई बित्ता लामो दाह्री जुङ्गा, उत्तिकै लामो कपाल । हात र खुट्टामा लामालामा नङ छन् । शरीरमा फोहरैफोहर देखिन्छ । कैदीलाई जस्तै उनको दुवै हातमा फलामको साङ्लो बाँधिएको छ । त्यहीँ दिसा पिसाब गर्छन् ।
यस्तै जीवन बिताइरहेका छन् भुमे गाउँपालिका– काँक्रीका ४४ वर्षीय सिङबहादुर दमाई । उनी विगत १३ वर्षदेखि नारकीय जीवन ब्यतित गर्दै आएका छन् । सात वर्षदेखि उनको दुवै हातमा साङ्लो बाँधिएको छ । दमाई बन्द कोठामा जीवन बिताइरहेका छन् ।
विसं २०६३ माघमा उनका भाइ रुपचन्द्रको घरमा लुकाई राखेको बम विष्फोट भएको थियो । सो घटनामा उनका भाइ र बुहारीको मृत्यु भयो । सिङबहादुर भने त्यति बेलादेखि अचेत अवस्थामा छ ।
भाइको घरमा विष्फोट हुँदा सिङबहादुर आफ्नो घरको बारदलीनमा कपडा सिलाउँदै थिए । उनी भुँईमा खसे । “त्यति बेलादेखि उ अचेत अवस्थामा छ”, सिङबहादुरकी ६४ वर्षीया आमा देमुले भनिन् ।
बेसुरमै गाउँमा मान्छेलाई कुट्ने, जथाभावी बोल्ने तथा ढुङ्गाले हान्न थालेपछि उनको दुवै हात साङ्लोले बाँधिएकोे स्थानीयवासीले बताए । उनको अवस्था देखेर विहा गरेको एक वर्षमै श्रीमती अन्तै पोइल गइन् ।
“आँशु नझरेको, भरी पेट खाना खाएको र मनमा पीर नभएको कुनै दिन छैन”, आमा देमुले भनिन् । दिनभरि अर्काको घरमा काम गरी छिमेकीबाट ऐचोपैचो गरेर आफू भोकै रहेर भए पनि छोराको पेट भर्ने गरेको उनले सुनाइन् ।
भएको सबै सम्पत्ति बेचेर भैरहवा र बुटवल अस्पतालमा लगेर उपचार गरेको आमा देमुले सुनाइन् । “नौ लाख रुपैयाँ खर्च भयो, छोरालाई निको भएन्”, उनले भनिन् । सबै सम्पत्ति छोराको उपचारमा सकिएपछि अहिले सम्पत्तिको नाममा देमुसँग भत्केको घर र सानो खेत मात्र बाँकी छ । बूढेशकालमा देमुलाई छोराले स्याहारसुसार गर्ने उल्टै उनले छोराको पालनपोषण गर्नुपरेको छ ।
देमुले भनिन्, “छोरा सधैँ भत्केको घरमा एक्लै नाङ्गै सुत्छ, ओढ्ने, ओछ्याउने र लगाउने लुगा छैन ।” उनी घरमा बस्न खान समस्या भएपछि गाउँलेकहाँ शरण लिएर बसेकी छिन् । सरकारबाट द्वन्द्वपीडितले पाउने राहतसमेत नपाएको उनले बताइन् । सिङबहादुर देमुको हाल जिवित एक्लो छोरा हुन् । उनका श्रीमान्को मृत्यु भइसकेको छ । जनयुद्धको घाउले केवल आँशु र पीडा मात्र दिएको देमुको दुःखेसो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण