पशुपति क्षेत्र सञ्चालक परिषद्मा तीन सदस्य मनोनित
सोमबार, ०९ मङ्सिर २०७६, १६ : १०

काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा तीन जना सदस्य मनोनीत भएका छन् । कोष सञ्चालक परिषद् अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको मन्त्रीस्तरीय निर्णयअनुसार संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, विश्वकरण जैन र आशा पाण्डे सदस्य पदमा मनोनीत भएका हुन् ।
बाँस्तोला गत साउन ६ गते संस्कृति मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हालेका बेला सदस्य पदमा मनोनीत भएका हुन् । यसैगरी जैन र पाण्डे योगेश भट्टराई मन्त्री भएपछि मङ्सिर ६ गते नियुक्त हुनुभएको पत्र प्राप्त भएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए । पशुपति क्षेत्र विकास कोष ऐन २०४४ (संशोधनसहित० अनुसार नियुक्त तीनै जना सदस्यको पदावधि चार वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला