पशुपति क्षेत्र सञ्चालक परिषद्मा तीन सदस्य मनोनित
सोमबार, ०९ मङ्सिर २०७६, १६ : १०
काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा तीन जना सदस्य मनोनीत भएका छन् । कोष सञ्चालक परिषद् अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको मन्त्रीस्तरीय निर्णयअनुसार संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, विश्वकरण जैन र आशा पाण्डे सदस्य पदमा मनोनीत भएका हुन् ।
बाँस्तोला गत साउन ६ गते संस्कृति मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हालेका बेला सदस्य पदमा मनोनीत भएका हुन् । यसैगरी जैन र पाण्डे योगेश भट्टराई मन्त्री भएपछि मङ्सिर ६ गते नियुक्त हुनुभएको पत्र प्राप्त भएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए । पशुपति क्षेत्र विकास कोष ऐन २०४४ (संशोधनसहित० अनुसार नियुक्त तीनै जना सदस्यको पदावधि चार वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण