चर्च स्कूलमा बहिरा बालबालिकामाथि बलात्कार गरेका दुई पादरीलाई ४० वर्षको जेल सजाय
अर्जेन्टिनाको अदालतले रोमन क्याथोलिकका दुई पादरीलाई चर्च स्कूलका बहिरा बालबालिकामाथि उत्पीडन गरेको आरोपमा ४० वर्ष बढीको जेल सजाय सुनाएको छ ।
होरासियो कोर्बाचो र निकोला कोर्राडीका साथै एक माली मेन्डोजास्थित एक विद्यालयका बालबालिकामाथि सन् २००४ देखि २०१६ सम्म बलात्कार र उत्पीडनको दोषी पाइएका छन् ।
सोमबार उनीहरुलाई सजाय सुनाइँदा थुप्रै पीडित अदालतमा उपस्थित थिए ।

Photo: EPA
पोप फ्रान्सिसको मातृभूमीमा यस्तो घटना हुँदा धेरै अचम्ममा परेका थिए । कतिले चर्चले निकै ढिला गरी कारवाही प्रक्रिया अघि बढाएको पनि आरोप लगाए ।
सोमबार अदालतले पादरी कोर्बाचोलाई ४५ वर्षको जेल सजाय तोकेको छ । ५९ वर्षे उनले लुजान दे कुयो शहरमा रहेको इन्स्टिच्युटो ओन्टोनियो प्रोभोलो डे मेन्डोजाका बालबालिकामाथि यौन उत्पीडन गरेको पुष्टि भएको छ ।
यस्तै, कोर्राडी, ८३ वर्षका इटालियन नागरिकलाई ४२ वर्षको जेल सजाय तोकिएको छ ।
अर्मान्दो गोमेज, लुजन डे कुयो स्कूलका मालीलाई १८ वर्षको जेल सजाय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण