कुकुरले चाटेका कारण ६३ वर्षीय मालिकको मृत्यु
आफैले पालेको कुकुरले चाटेपछि जर्मनीका ६३ वर्षीय वृद्धको मृत्यु भएको छ । कुकुरले चाटेका कारण उनलाई दुर्लभ किसिमको संक्रमण भएको थियो ।
उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको जस्तो वा अचम्म खालको लक्षण देखिए तुरुन्त स्वास्थयकर्मीको सहयोग लिन डाक्टरले आग्रह गरेका छन् ।
कुकुरले चाट्नुअघि निकै स्वस्थ रहेका ती वृद्धलाई कुकुर र बिरालोको मुखमा हुने क्यापनोसिटोफ्यागा क्यानिमोर्सस नामक ब्याक्टेरियाका कारण संक्रमण भएको रिपोर्टमा उल्लेख छ । यो मानिसमा निकै विरलै सर्ने गर्छ ।
उक्त ब्याक्टेरिया टोकेको खण्डमा सर्ने गर्छ तर ती वृद्धालाई भने कुकुरले टोकेको थिएन ।
‘उनलाई कुकुरले छोएको र चाटेको मात्रै थियो, टोकेको थिएन,’ जर्मनीको ब्रेमेनस्थित रेडक्रस हस्पिटलका डाक्टरले प्रकाशित गरेको पत्रमा उल्लेख छ ।
सुरुमा ती व्यक्तिलाई फ्लूजस्तो लक्षण देखिएको थियो तर पछि शरीरमा रगतको धब्बा देखिने, निल डाम देखिने र छालाको रङ नै परिवर्तन हुनेलगायतका समस्या देखिन थाले ।
ती व्यक्तिको आइसियुमा राखेर उपचार गरिएको थियो तर स्वास्थ्यमा आएको निरन्तरको खराबी र विभिन्न अंगले काम गर्न छोडेपछि उनको मृत्यु भएको डाक्टरले बताएका छन् ।
‘घर पालुवा जनावरका मालिकले फ्लूजस्तो वा अन्य विचित्र खालको लक्षण देखे तत्काल डाक्टरलाई भेट्नुपर्छ,’ डाक्टरले सचेत गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण