भरतपुरमा ट्याक्टरले किचेर १ जनाको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार गएराति राति ११ बजे ना७त ४७० नं को ट्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्याक्टरबाट खस्दा रानामगरलाई पछाडीको चक्काले किचेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चित्तल मारेको अभियोगमा एक पक्राउ
चितवन राष्ट्रिय निकुन्जले प्रतिबन्धित जङ्गली जनावर चित्तल मारेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खैरहनी नगरपालिका–१३ का हेमबहादुर ढुङ्गाना रहेको निकुञ्जले जनाएको छ ।
चित्तल मारी परालको टौवामा लुकाइ राखेको भन्ने सूचनाको आधारमा ढुङ्गानालाई पक्राउ गरिएको हो । ढुङ्गानालाई निकुञ्ज सुरक्षार्थ खटिएको टोलीले चित्तल मार्न प्रयोग गरिने खुकुरी, चक्कु र दाउसमेत बरामत गरेको छ । बटुकदल गणको टोलीले ढुङ्गानालाई नियन्त्रणमा लिएर निकुञ्जमा बुझाएको हो ।
प्रतिबन्धित जङ्गली जनाबर मारेको अभियोगमा निकुञ्ज ऐन २०२९ को दफा २६ को उपदफा तीन अनुसार रु २० हजारदेखि ५० हजारसम्म जरिवान र ६ महिनादेखि एक वर्षसम्म कैद सजायको व्यवस्था रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।
कुमरोज सामुदायिक वन नजिकै घर भएका ढुङ्गाना ढुङ्गानालाई समय थप गरी अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण