सहमतिमा नआए निजी मेडिकल कलेजलाई कारवाही गर्ने निर्णय
मङ्गलबार, १० मङ्सिर २०७६, २२ : ०१
तोकिएभन्दा बढी शुल्क लिने निजी मेडिकल कलेज सहमतिमा नआए कारवाही गरिने भएको छ । गृहमन्त्रालयमा आज बसेको बैठकले कलेज सञ्चालकसँग वार्ता गर्ने र सहमतिमा नआए बुधबारदेखि कानूनी कारवाही अगाडि बढाउने निर्णय गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी थिए । शिक्षा मन्त्रालयमा अहिले निजी मेडिकल कलेज सञ्चालकसँग वार्ता भइरहेको छ । शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका अधिकारी तथा निजी मेडिकल कलेजका सञ्चालक वार्तामा सहभागी छन् ।
सरकारले बढी शुल्क लिएका मेडिकल कलेजलाई उक्त शुल्क फिर्ता लिन आजसम्म अल्टिमेटम दिए पनि मेडिकल कलेजले रकम फिर्ता नगर्ने अडान लिदैँ आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगरका पार्क र ट्राफिक आइल्याण्डको व्यवस्थापनका लागि ११० जना जनशक्ति परिचालन
-
डेनमार्कमा मिथिला चित्रकाला प्रदर्शनी
-
परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान
-
शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन
-
काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने, आवेदन आह्वान
-
जलवायु परिवर्तनका कारण जोखिममा मानव स्वास्थ्य