सहमतिमा नआए निजी मेडिकल कलेजलाई कारवाही गर्ने निर्णय
मङ्गलबार, १० मङ्सिर २०७६, २२ : ०१
तोकिएभन्दा बढी शुल्क लिने निजी मेडिकल कलेज सहमतिमा नआए कारवाही गरिने भएको छ । गृहमन्त्रालयमा आज बसेको बैठकले कलेज सञ्चालकसँग वार्ता गर्ने र सहमतिमा नआए बुधबारदेखि कानूनी कारवाही अगाडि बढाउने निर्णय गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी थिए । शिक्षा मन्त्रालयमा अहिले निजी मेडिकल कलेज सञ्चालकसँग वार्ता भइरहेको छ । शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका अधिकारी तथा निजी मेडिकल कलेजका सञ्चालक वार्तामा सहभागी छन् ।
सरकारले बढी शुल्क लिएका मेडिकल कलेजलाई उक्त शुल्क फिर्ता लिन आजसम्म अल्टिमेटम दिए पनि मेडिकल कलेजले रकम फिर्ता नगर्ने अडान लिदैँ आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण