सरकार र निजी मेडिकल कलेजबीच मध्यरातमा दुई बुँदे सहमति
बुधबार, ११ मङ्सिर २०७६, ०० : ०७
काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो ।
उक्त सहमतिअनुसार मेडिकल कजेजले भोलि (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ ।
त्यस्तै दुई पक्षीय सहमतिमा ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ ।
मेडिकल कलेजले विद्यार्थीको रकम फिर्ता गर्न नसक्ने अडान दोहोर्याएपछि मंगलबार दिउँसो गृहमन्त्रालयमा बसेको बैठकले बुधबारसम्म शुल्क समायोजन वा फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।
गृहमन्त्रालयको सो निर्णयपछि निजी मेडिकल सञ्चालकहरु चर्को दबाबमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी नदीमा ‘सिग्नेचर’ पुलको शिलान्यास
-
मधेसमा उपेन्द्र यादव चाहन्थे जेठ १३ गतेसम्म एमाले र माओवादीको साथ
-
जडेजाको आउटले सृजना गरेको विवाद, आईपीएलको इतिहासमै तेस्रोपटक यस्तो आउट
-
यूपीमा चाउचाउ खाँदा १२ वर्षीय बालकको मृत्यु
-
स्वास्थ्य सेवामा राज्यले सहजीकरण गर्ने अवस्था आएको छ : डा.कोइराला
-
अफगानिस्तानमा बाढीको वितण्डा, मर्नेको सङ्ख्या ३१५ जना नाघ्यो