धानमा आगो लगाउँदै झापाका किसान
बुधबार, ११ मङ्सिर २०७६, ०६ : ५९
पाक्न लागेको धानमा फड्के कीरा लागेपछि यतिबेला झापाका किसान खेतमा धमाधम आगो लगाइरहेका छन् । कीराको संक्रमणले धानबाली सखाप भएपछि खतमै आगो लगाउन किसान बाध्य भएका हुन् ।
फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापाका २ सय २५ बिघामा उत्पादन भएको धान खेतमा नै आगो लगाउनु परेको कृषि ज्ञान केन्द्र थापाले जनाएको छ ।
धान पसाउने बेलामा फैजी कीराको संक्रमण झेलेका किसान धान पाक्ने बेलामा फड्के कीको संक्रमण झेलिरहेका छन् ।
मेचीनगर नगरपालिका –९ का कमलमणि पौडेलले फड्के कीरालले धानको जरा काटेपछि १० कठ्ठामा आगो लगाइसकेको बताए ।
भुसुनाजस्तो देखिने किराले एकैरातमा पाकेको धानको दाना भुस बनाउने गरेको उनी बताउँछन् । दुई चारदिनमै खेतको धान कीराले सखाप बनाएपछि किसानको लगानी नै खेर गएको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण