बिनामापदण्ड आफूखुसी अर्गानिकको डङ्का
राजधानी काठमाडौंँमा मात्रै होइन, देशका ठूलाठूला सहरमा समेत अर्गानिक तरकारी तथा खाद्यान्न पाइन्छ भनेर थापिएका पसल छ्यापछ्याप्ती भेटिन्छन् ।
यस्ता पसलमा विशुद्ध अर्गानिक उत्पादन पाइने प्रचार गरिएको हुन्छ । वास्तविकता भने आधिकारिक निकायबाट यसको मापदण्ड नै नबनाई आफूखुसी अर्गानिक अर्थात् जैविक वस्तुको डङ्का पिट्ने गरिएको हुन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्यले नेपालमा अर्गानिक खाद्यान्न तथा तरकारीका लागि कुनै मापदण्ड नै नबनेको बताए ।
उहाँले भन्नुभयो, जसले अर्गानिक नाममा पसल थापेका छन्, ती सबै स्वघोषित हुन् । सामान्यतः रासायनिक मल, रासायनिक विषादी, रासायनिक इन्जाइम र आनुवंशिक परिमार्जित गरिएको बीउबिजन प्रयोग नगरी उत्पादित वस्तुलाई अर्गानिक भन्ने गरिन्छ छ तर त्यतिले मात्र अर्गानिकको मापदण्ड पूरा हुँदैन ।
अर्गानिक तरकारी वा अन्नबाली उब्जाउनका लागि प्रयोग हुने जमिन कम्तीमा तीन वर्ष कुर्नुपर्छ । तीन वर्षभित्र कुनै पनि बेला कुनै पनि बहानामा राष्ट्रिय सूचीमा सूचीकृत विषादी जस्तै, अर्गानोक्लोरिक लगायतका पेस्टिसाइड जमिनमा प्रयोग भएका छन् भने उक्त जमिनमा जैविक खेती गर्दैमा त्यसलाई अर्गानिक भन्न नपाइने विज्ञहरूको सुझाव छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण