नेपालसँग चीनको चित्त दुखाई
मानवअधिकारको नारा होस् वा व्यापार सम्बन्धको कारण नै किन नसहोस्, दुःख दिने अमेरिकासँग भीसा प्रकरणलगायत अनेक माध्यमबाट नजिकिने काम नेपालले गर्न थाल्यो । सबभन्दा बढी पर्यटक पठाउने अवस्था हुँदाहुँदै पनि हाम्रो संवेदनालाई चिमोट्ने काम भएको भन्दै प्रकट/अप्रकटरुपमा चीनबाट कुरा उठ्न थालेका हुन् ।
अनौपचारिक संवादमा भन्छन्– अमेरिकनलाई पनि पहिला चिनियाँ पर्यटकसरह पाँच महिना(एक सय ५० दिन) को प्रवेशशाज्ञा दिइन्थ्यो भने अब एकचोटीमा ६ महिना बस्न पाइने गरी ५ वर्षको एकमुष्ट भीषा दिने प्रचलन शुरु भएको छ ।
उनीहरुको भनाइ छ, ‘सबभन्दा बढी पर्यटक हामीले पठाउने, नेपाली भूमी प्रयोग गरी गिजोलिरहनेलाई च्याप्ने, बरु प्रत्यक्ष÷अप्रत्यक्ष रुपले विकास, निर्माणका अनेक सहयोगमार्फत गुण लगाइरहेको छिमेकीलाई यस्तो व्यवहार गर्ने ?’
सुपुर्दगी सन्धिको प्रस्ताव वर्षौदेखि अड्किएकोमा अघिल्लो महिना ब्युँतियो । गृहसचिवको नेतृत्वमा रातारात, उच्च गतिमा मस्यौदा तयार पनि भयो । तर, त्यो डकुमेण्ट दुई देशका राष्ट्रपतिको उपस्थितिमा हस्ताक्षर गर्ने बेला एजेण्डाबाटै उडाइयो । यसमा पनि चिनियाँको चित्तदुखाइ छ ।
त्यही बेला काठमाडौँ बस्दाबस्दै ‘चीनविरोधी गतिविधि गर्नेको हड्डी धुलो परिनेछ’ भनी राष्ट्रपति सी चिनफिङको अभिव्यक्ति आएको हो । त्यसको सांकेतिक अर्थ बल्ल खुल्न थालेको छ ।
यो समाचार आजको जनआस्था साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण