‘हाम्रो पात्रो ’सँगको साझेदारीमा भाइबरले सुरु गर्यो ग्रहफल च्याटबट
काठमाडौं– लोकप्रिय मैसेजिङ एप भाइबरले हाम्रो पात्रो राशिफलसँग साझेदारी गरेर हाम्रो राशिफल च्याटबटको प्रारम्भ गरेको छ ।
च्याटबट प्रयोगकर्ताको आवश्यकता अनुसार जहाँ पनि, जहिले पनि उपलब्ध हुनेछ । यो च्याटबट अनुकूलनीय प्रयोगकर्ता मैत्री, लेख्य–आधारित विशेषतायुक्त हुनेछ । नेपाली उपभोक्ताहरुले अब भाइबरको साथमा आफ्नो औंलाहरुमा राशिफल पाउन सक्नेछन् ।
तत्काल कल गर्ने र सन्देश पठाउने एप प्लेटफर्मका उत्साही एवं उत्सुक प्रयोगकर्ताहरुलाई केही नयाँ अनुभव दिलाउन र वफादार आधार निर्माण गर्ने चाहन्छ । भाइबरले हाम्रो पात्रोको विशेषज्ञता तथा विश्वसनीयतालाई अगाडी ल्याउनेछ र यो सेवाको माध्यमबाट प्रयोगकर्ताहरुलाई गहन मुल्य प्रदान गर्ने लक्ष्य राखेको छ ।
भाइबर प्रयोकर्ताहरुले अब बिना कुनै सदस्यता शुल्क दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफल आफूले पाउन, अन्वेषण गर्न र अरुसँग साझा गर्न सक्नेछन् । यो सेवासँग कुनै अतिरिक्त शुल्क गाभिएको छैन ।
सहकार्य समारोहलाई सम्बोधन गर्दै हाम्रो पात्रोका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले भने, ‘नेपाली मोबाइल–एप उद्योगको एक अग्रणी भएको नाताले हामी हाम्रा प्रयोगकर्ताहरुलाई आफ्नो दिन दिनैको गतिविधिहरुसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरु प्राप्त गर्न र समुदायसँग नजिक रहिरहन सक्षम बनाउन हाम्रो प्लेटफर्ममा सेवाहरु निरन्तर उपलब्ध गराउन प्रयासरत छौं । हामी राकुतेन भाइबरसँग यो साझेदारी गर्न पाएकोमा र भाइबर एपमा देशभरका हाम्रा प्रयोगकर्ताहरुलाई आफ्नो राशिफलको भविष्यवाणी प्राप्त गर्न र अद्यावधिक गर्न सक्षम गराउन सकेकोमा खुशी छौं ।’
सोही समारोहमा आफ्नो भनाइ राख्दै राकुतेन भाइबरका सिनियर निर्देश अनुभव नइयरले ज्योतिष शास्त्र नेपाली संंस्कृतिको एक अभिन्न हिस्सा भएकोे र हाम्रो पात्रोसँग सहकार्य गर्न पाएकोमा तथा नेपाली प्रयोगकर्ताहरुको औंलामा नै राशिफल ल्याउन सकेकोमा खुसी व्यक्त गरे ।
उनले भने, ‘हाम्रो लागि नेपाल एक मुख्य बजार हो र यो पहलकदमी हाम्रो स्थानलाई अझ सुदृढ पार्ने उद्देश्यबाट अभिप्रेरित छौं । हामी त्यस्तो अनुभूति सिर्जना गर्न चाहन्छौं जुन हाम्रा प्रयोगकर्ताहरुको लागि सन्दर्भयुक्त एवं सम्बन्धित होऊन् । हामी ढुक्क छौं कि हालैको संयोजनले हाम्रा प्रयोगकर्ताहरुलाई प्लेटफर्ममा थप तथा अर्थपूर्ण मुल्य ल्याउनेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण