श्रीलङ्काका राष्ट्रपतिद्वारा ३५ राज्यमन्त्री नियुक्त
कोलम्बो । श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार ३५ जनालाई राज्य मन्त्रीमा नियुक्त गरेका छन् । त्यसैगरी उनले अरु तीन जनालाई उपमन्त्रीका रुपमा नियुक्त गरेका छन् । उनीहरुलाई संसदको नयाँ निर्वाचन नहुँदासम्मका भनेर गठन गरिएको अन्तरिम मन्त्री परिषद्मा समावेश गरिएको हो ।
उनीहरुलाई राजधानी कोलम्बोस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा सपथ गराइएको थियो । राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार नयाँ राज्य मन्त्रीमध्ये चमाल राजापाक्षेलाई रक्षा मन्त्रालय, जोन सेनेभिरत्नेलाई अर्थ तथा नीति विकास मन्त्रालय र सुशील प्रेमाजयनाथलाई अन्तर्राष्ट्रिय सम्बन्ध मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
केहेलिया रामबुक्वेल्ला लगानी प्रबद्र्धन राज्यमन्त्री बन्नु भएको छ भने अरुणीका फर्नान्डोलाई पर्यटन प्रबद्र्धन राज्यमन्त्री बनाइएको छ । राष्ट्रपति राजापाक्षेले प्रधानमन्त्रीमा भने केही दिन अगाडि सहोदर दाइ एवं पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई बनाएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त हुनुभएका महिन्दा राजापाक्षे यसअघि झण्डै दश वर्ष राष्ट्रपति भएका थिए । सन् २००५ देखि २०१५ सम्म उनले राष्ट्रपतिको रुपमा श्रीलंकामा शासन गरेका थिए । अघिल्लो बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजिनामा दिएपछि महिन्दा राजापाक्षे प्रधानन्त्रीमा नियुक्त भएका हुन् । सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले अहिलेको मन्त्रीपरिषद्लाई त्यतिबेलासम्मका लागि अन्तरिम मन्त्रिपरिषद् भनिएको छ ।
तत्कालीन सत्तारुढ दल युनाइटेड नेशनल पार्टी (युडीपी) का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका सजिथ प्रेमादासालाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन् । पराजित भएका प्रेमादासा भने ५३ वर्षको रहेका छन् । निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्यूनीकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए ।
अन्तर्राष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिने गरेका थिए । झण्डै दशवर्ष अगाडी रक्षा सचिव रहेका बेला तमिल टाइगर्सको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहनु भएका राजापाक्षे दाइ महिन्दा राष्ट्रपति भएका बेला रक्षा सचिव बनेका थिए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण