हुम्लामा टिपर दुर्घटना: मृतकको सङ्ख्या ४ पुग्यो (अपडेट)
हुम्ला । हुम्लामा भएको टिपर दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा परेका १३ मध्ये एक जनाको जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु४ ख ३२६९ नम्बरको टिपर दुर्घटना हुँदा १३ जना घाइतेमध्ये थप एक जनाको मृत्यु भएको हो ।
जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ का बक्त रोकायाको मृत्यु भएको जिल्ला अस्तालका सिनियर अनमि सरिता बोहराले जानकारी दिए । दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । अन्य उपचारत ११ जनाको अवस्था चिन्ताजनक रहेको बोहराले बताए ।
नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामान ढुवानीका साथमा यात्रु बोकेर सदरमुकाम सिमकोटतिर आउँदै गरेको टिपर सिमकोटको लाग्ना डाँडा नजीकै दुर्घटना भएको हो । चालकले अत्यधिक मदिरा सेवन गरी टिपर हाँकेको पाइएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
चालक काभ्रे जिल्ला बुद्धनगरपालिका ११ भालुखर्कका आनन्द तामाङलाई स्थानीयवासीले कब्जामा लिई प्रहरीसमक्ष पेश गरेका छन् । मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं १, हेप्का गाउँका छिरिङकर्मा तामाङ र नरी लामा, खार्पुनाथ गाउँपालिका वडा नं १ निवासी बबरजङ शाही र जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ निवासी बक्त रोकाया छन् । टिपर मूल सडकभन्दा करीब ३० मिटर दक्षिणमा खसेको हुम्ला जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण