विवाहअघि सबै सिंह हुन्छन्, अब म पत्नीको हरेक कुरामा ‘हो’ मा जवाफ दिन्छु : धोनी
एजेन्सी । भारतीय क्रिकेट टीमका पूर्व कप्तान एमएस धोनी आफूलाई आदर्श पतिहरुभन्दा अब्बल मान्छन् । उनको भनाइ छ – उनी आफ्नो पत्नीको हर कुराको जवाफ ‘हो’ मा दिन्छन्, किनभने यसो गर्दा उनको पत्नी खुसी रहन्छिन् ।
मङ्गलबार विवाहका लागि वरवधु खोज्ने एक वेबसाइटद्वारा चेन्नाईमा आयोजित कार्यक्रममा बताएका हुन् । उनी यस वेबसाइटको ब्रान्ड एम्बासेडर हुन् । उनले कार्यक्रममा सबै पुरुष विवाहभन्दा अघि सिंह हुने पनि बताए ।
यो बयान यतिबेला समाजिक सञ्जालमा भाइरल बनिरहेको छ । धोनीले सन् २०१० को जुलाई ४ मा साक्षीसँग विवाह गरेका थिए । उनीहरुको एक जना छोरी पनि रहेकी छन् । उनको नाम जीवा हो ।
विवाहीत जीवनबारे धोनीले भने, ‘म आदर्श पति भन्दा पनि अब्बल हुँ किनभने म मेरो पत्नीलाई त्यो सबैकुरा गर्न दिन्छु जो उनी चाहन्छिन् । मेरी पत्नी केवल त्यतिबेला खुसी हुन्छिन् जब म उनले भनेको हेरक कुरालाई ‘हो’ मा जवाफ दिन्छु ।
पूर्व भारतीय कप्तानका अनुसार मानिसहरुलाई विवाहको सही मतलब ५० वर्षको उमेर पार गरेपछि थाहा हुन्छ । ५५ वर्ष पुगेपछि प्रेम गर्ने सही उमेर हुने पनि उनको जिकिर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण