कास्कीमा उपनिर्वाचनको तयारी पूरा
कास्की । कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी लगभग पूरा भएको छ । सो क्षेत्रका ८२ वटै मतदानकेन्द्रमा मतपेटिकालगायत निर्वाचनका सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिसकिएको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी गराए ।
मतदानअधिकृतसहित खटिएको टोलीले २०७४ सालपछि थपिएका नयाँ र छुट भएका मतदाता नामावलीमा समावेश भएका मतदाताको लागि परिचयपत्र वितरण गरिरहेको छ । प्रत्येक निर्वाचन केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई कार्यालय सहयोगी र एक सहयोगी गरी पाँच जनालाई निर्वाचनमा खटाइएको छ । यसका साथै, निर्वाचन टोलीलाई सहयोग गर्न चार जना स्वयंसेवक पनि छन् ।
यसैबीच, गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । मौन अवधि दुरुपयोग गरेको सन्दर्भमा कतैबाट उजूरी नपरेको निर्वाचन कार्यालय कास्की प्रमुख सुवेदीले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण