कृषि व्यवसायलाई आधुनिकिकरण गर्न सिभिल बैंकले हेल्भेटास स्वीस ईन्टरकर्पोरेसनसँग सहकार्य गर्ने
काठमाडौं– कृषि व्यवसायलाई आधुनिकिकरण गर्न सिभिल बैंकले हेल्भेटास स्वीस ईन्टरकर्पोरेसनसँग सहकार्य गर्ने भएको छ ।
सिभिल बैंक र हेल्भेटास स्वीस इन्टरकर्पोरेशन नेपालको सहकार्यमा प्रदेश नं.२ र कर्णाली प्रदेश भित्रका वित्तिय पहँुच नपुगेका स्थानीय निकायहरुमा वित्तीय पहुँच पु¥याउनुका साथै शीप प्रवद्र्धन, व्यावसायिक कृषि तथा उत्पादनमुलक तालिम प्रदान गरी उक्त क्षेत्रको कृषि व्यवसायलाई आधुनिकिकरण तथा वजारीकरण गर्ने विषयमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. भरत कुमार पोखरेलले हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालले प्रदेश नं. २ र कर्णाली प्रदेश भित्रका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै कृषि वजारलाई व्यवस्थित गर्न कार्य गर्ने जनाएको छ ।
बैंकले वित्तीय साक्षरता प्रदान गर्दै उक्त क्षेत्रमा शाखारहित बैकिङ्ग सेवा मार्फत बैकिङ्ग सेवा प्रदान गर्ने छ । उक्त
अवसरमा बोल्दै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले यो सम्झौताले बैकिङ्ग सेवाबाट बन्चित रहेका उक्त क्षेत्रका स्थानीयलाई बैकिंङ्ग सेवा मार्फत बचत गर्ने बानीको विकास गर्ने तथा स्थानिय स्तरमा नै केहि गर्ने सोच सहित व्यवसायमा संलग्न हुने स्थानीयलाई सहज रुपमा कर्जा उपलब्ध गराई त्यस क्षेत्रको आर्थिक विकास गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।
मुलुकको विकासको निमित्त स्थानिय तहको श्रोतसाधनहरु परिचालन गर्दै स्वरोजगार क्षेत्रमा काम गर्न यस सहकार्यको महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वस्त रहेको कुरा डा. भरत कुमार पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण