महिला भलिबलमा श्रीलंकालाई हराए कम्तीमा रजत पक्का
१३औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला भलिबलमा आज साँझ सेमिफाइनल खेल हुदैछ । त्रिपुरेश्वरस्थित कभर्डहलमा ५ः०० बजे हुने पहिलो सेमिफाइनल खेलमा भारत र माल्दिभ्स तथा ७ः०० बजे हुने दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दै छन् ।
साग भलिबलमा कांस्य पदकमाथि जान नसकेको नेपालका लागि आज श्रीलंकलाई हराउन सके इतिहास रच्ने अवसर छ । नेपालको पुरुष भलिबल टोली समूह चरणबाट बाहिरि सकेको छ । राष्ट्रि«य खेल भलिबलको शाख जोगाउन पनि श्रीलंकालाई हराउनु पर्ने बाध्यता छ । श्रीलंकालाई हराएर फाइनलमा पुगे नेपालको कम्तिमा रजत पदक सुरक्षित हुनेछ ।
महिला भलिबलमा भारत र श्रीलंका बलिया टोली हुन् । पछिल्लो समय नेपालको महिला भलिबल खेलाडीले पनि राम्रो प्रदर्शन गर्दै आएकोले आजको खेलमा श्रीलंकालाई हराउन सक्दो प्रयास गरिने नेपाली टोलीका प्रशिक्षक नगदिश भट्टले बताएका छन् । यसअघि नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हराएको थियो । त्यसैले पनि नेपाली चेलीको मनोबल उच्च रहेको छ ।
समूह चरणको पहिलो खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा भने नेपाल भारतसँग सोझो सेटमा पराजित भएको थियो । नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । श्रीलंकाले समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण