सुत्केरी छोडेर फर्कने क्रममा एम्बुलेन्स दुर्घटना
प्यूठानको ऐरावती गाउँपालिका–५ पकलामा एम्बुलेन्स दुर्घटना भएको छ ।
ऐरावती–१ वन्जाडे गाउँवाट सुत्केरी छोडेर फर्कने क्रममा एम्बुलेन्स दुर्घटना हुदाँ एकजनाको मुत्यृ भएको छ । अन्य चारजना घाइते भएको प्रहरीले जनाएको छ ।
धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको ऐम्बुलेन्स दुर्घटना हुँदा ऐरावती–५ जाडीका २८ वर्षे रेशम थापाको मुत्यृ भएको हो ।
जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा उनको मुत्यृ भएको जिल्ला प्रहरी कार्यालय प्यूठानकाले जनाएको छ ।
सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीका अनुसार दुर्घटनामा घाइते हुनेमा सोही गाउँका ऐम्बुलेन्स चालक ३२ वर्षे खेमराज थापा, १९ वर्षे लक्षुमण थापा, ३१ वर्षे होतराज थापा र २१ वर्षे प्रदिप थापा रहेका छन् ।
एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भने अन्य तीनजनाको जिल्ला अस्पताल विजुवारमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण