यस्तो छ भक्तपुर क्षेत्र १ (क)को अन्तिम मत परिणाम, क–कसले कति भोट पाए ?
भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएका छन् । भडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
भँडेलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार डीपी ढकालले ११ हजार २ सय ०६ मत पाएका छन् भने नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्याम प्रसाद नेपालले ५७४ मत प्राप्त गरेका छन् । भने, साझा पार्टीका उम्मेदवार सुरज प्रधानले ३९३ भोट पाएका छन् ।
यता, नेपाल कम्युनिष्ट पार्टी (माले) का उम्मेदवार सुदर्शन लामिछानेले ३७, समाजवादी पार्टीका उम्मेदवार सुदर्शन कुमार मुनकर्मीले ३२ भोट प्राप्त गरेका छन् ।
२०७४ मा भएको प्रदेशसभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने विजयी भएका थिए । लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण