सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की–२ का दुई उम्मेदवार जसले अझै मतको खाता खोल्न सकेनन्

आइतबार, १५ मङ्सिर २०७६, १६ : ०९
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । उपनिर्वाचन अन्तर्गत शनिबार मतदान भएको प्रतिनिधिसभाको एकमात्र क्षेत्र कास्की–२ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लगातार अग्रता लिइरहेको छ । नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलको तुलनामा नेकपा उम्मेदवार विद्या भट्टराई झण्डै दोब्बर मतले अगाडि छिन् ।

सोही निर्वाचन क्षेत्रमा दुई उम्मेदवार यस्ता छन् जसले अझै पनि मतको खाता खोल्न सकेका छैनन् ।

कुल २१ जनाले उम्मेदवारी दिएको सो क्षेत्रमा २५ हजारभन्दा बढी मत गणना भइसक्दासमेत स्वतन्त्र उम्मेदवार उमनाथ गौतम र यज्ञप्रसाद पंगेनीले मतको खाता खोल्न नसकेका हुन् ।

२५ हजार १९० मत गणना भइसक्दा दुवै उम्मेदवारले एक मत पनि हासिल गर्न सकेका छैनन् । सो क्षेत्रमा १० स्वतन्त्र उम्मेदवारमध्ये हालसम्म सबैभन्दा बढी मत कमलजङ्ग कुँवरले ल्याएका छन् । उनले ३५ मत हासिल गरिसकेका छन् । 

राजनीतिक दलमध्ये हालसम्म देशभक्त समाजले सबैभन्दा कम मत हासिल गरेको छ । सो दलका उम्मेदवार वीरबहादुर विश्वकर्माले यो समाचार तयार पार्दासम्म जम्मा ३ मत हासिल गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप