कास्की–२ का दुई उम्मेदवार जसले अझै मतको खाता खोल्न सकेनन्
काठमाडौँ । उपनिर्वाचन अन्तर्गत शनिबार मतदान भएको प्रतिनिधिसभाको एकमात्र क्षेत्र कास्की–२ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लगातार अग्रता लिइरहेको छ । नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलको तुलनामा नेकपा उम्मेदवार विद्या भट्टराई झण्डै दोब्बर मतले अगाडि छिन् ।
सोही निर्वाचन क्षेत्रमा दुई उम्मेदवार यस्ता छन् जसले अझै पनि मतको खाता खोल्न सकेका छैनन् ।
कुल २१ जनाले उम्मेदवारी दिएको सो क्षेत्रमा २५ हजारभन्दा बढी मत गणना भइसक्दासमेत स्वतन्त्र उम्मेदवार उमनाथ गौतम र यज्ञप्रसाद पंगेनीले मतको खाता खोल्न नसकेका हुन् ।
२५ हजार १९० मत गणना भइसक्दा दुवै उम्मेदवारले एक मत पनि हासिल गर्न सकेका छैनन् । सो क्षेत्रमा १० स्वतन्त्र उम्मेदवारमध्ये हालसम्म सबैभन्दा बढी मत कमलजङ्ग कुँवरले ल्याएका छन् । उनले ३५ मत हासिल गरिसकेका छन् ।
राजनीतिक दलमध्ये हालसम्म देशभक्त समाजले सबैभन्दा कम मत हासिल गरेको छ । सो दलका उम्मेदवार वीरबहादुर विश्वकर्माले यो समाचार तयार पार्दासम्म जम्मा ३ मत हासिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण