वानप्लस ७ टीप्रो नेपालमा, यस्ता छन् विशेषता
काठमाडौं– वानप्लस, ग्लोबल मोबाइल टेक्नोलोजी कम्पनीले परम्परागत प्रविधिलाई चुनौती दिदैँ आफ्नो प्रिमियम फ्ल्यागसीपको नयाँ स्मार्टफोन वानप्लस ७ टीप्रो नेपालमा सार्वजनिक गरेको छ ।
वानप्लस ७ टीप्रो मा ६.६७ इन्चको fluid AMOLED 3120x1440 HD+ रिजोलुशन छ र कर्निङग गोरिला ग्लास ५ र HDR10/HDR+ सर्टिफाइड ९० एचजेड डिस्प्लेको साथमा १९.५ः९ स्क्रिीन रेसियो रहेको छ ।
यसलाई शक्तिशाली स्न्यापड्रेगन ८५५ अक्टा कोर प्रोसेसर र 7nm Andreno 640 चिपसेट रहेको छ । यो एन्ड्रोइड १०.० र OXygenn ओएस १०.०.४ मा चल्छ । वानप्लस ७ टीप्रो मा स्टोरेजका लागि २५६ जीबी यूएफएस ३.० स्टोरेज र ८ जीबी LPDDR4X छ ।
वानप्लस ७ टीप्रो मा मोटोराइज्ड पपअप १६ एमपी फ्रन्ट क्यामेरा, f/1.6 अपर्चर भएको ४८ एमपी प्रमुख क्यामेरा, १६ एमपी अल्ट्रावाइड, ८ एमपी, तीन गुणा अप्टिकल जुम, पिडीएएफ, लेजर एएफ, ओआईएस डुअल एलईडी फ्लास, एचडीआर र पानारोमा जस्ता विशेषता रहेको छ ।
यसको साथै सुरक्षालाई मध्यनजर गर्दै वानप्लस ७ टीप्रो मा ०.२८ सेकेण्डको फेस अनलक र अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट रहेको छ ।
वानप्लस ७ टीप्रो मा वाईफाई कनेक्टीभिटी, ब्लुटुथ ५.०, एनएफसी, जीआरएस र डब्लुल्यान जस्ता विशेषता छ । वानप्लस ७ टीप्रो मा शक्तिशाली ४०८५ mAH फास्ट ब्याट्री चार्जर ३० वाट्ट (५भी, ६ ए) चार्जिङग टेक्नोलोजी रहेको छ ।
वानप्लस ७ टीप्रो हेज ब्लु भरियन्टमा ९९ हजार ९ सय ९९ मा नेपालभरका अधिकृत वानप्लस स्टोरहरुमा नोभेम्बरबाट उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण