एक तिहाइ मत नखसेको ठाउँमा दुई तिहाइको वडा प्रमुख
यसपालिको उपनिर्वाचनमा चर्चाको केन्द्र बन्यो रोल्पाको थबाङ्ग । नेकपा विप्लव समूहको गढ मानिने थबाङ्ग गाउँपालिका वडा नम्वर १ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचन रोचक मात्रै बनेन स्थानीय प्रशासनलाई चुनौतीपूर्ण समेत बन्यो ।
सो वडामा कुल १२ सय भन्दा बढी मतदाता हुँदा जम्मा २ सय ८ जनाले मात्र मतदान गरे । जुन १७ प्रतिशत भन्दा कम हुन आउँछ । कुल मतदाता सख्याको एक तिहाइ पनि मत नखसेको ठाउँमा खसेको कुल मतको दुई तिहाई बढि मत पाएर नेकपाका उम्मेदवार जनकबहादुर बुढा मगर (१७४ मत ) ल्याएर वडा सरकार प्रमुख अर्थात वडाध्यक्षमा विजयी भए ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कलम रोका मगरले जम्मा २६ मत ल्याए । ९ मत बदर भयो ।
‘विप्लव समूहले मतदान गर्न कोही नजाने र गए कार्बाहीको त्रास दिँदै आएको थियो । नवनिर्वाचित वडाध्यक्ष बुढा मगर भन्छन्–‘ निर्वाचन विथोलिने हो कि भन्ने त्रास थियो । विप्लवका साथीहरु मतदान केन्द्रको पेरिफेरी मै आएर मतदान नगर्न धम्काउँदै थिए । कुन्तीबाङ्ग , खेरबाङ्ग र मायाँखर्कबाट आउने मतदातालाई उतै रोकेर राखेका थिए । यहाँको कुल मतदाता १२ सय रहे पनि यहाँ त्यस्तै चार पाँच सय मात्रै बस्छन् ।’
उनले अवरोधका बीच पनि चुनाव सफल गर्न सकिएको बताए ।
नवनिर्वाचित वडाध्यक्ष बुढा माओवादी जनयुद्धका लडाकु हुन् । उनी कम्पनी सहकमाण्डर सम्म भएका थिए । शान्ति प्रकयापछि नन्दबहादुर पुन –(पासाङ्ग ) उपराष्ट्रपति बने पछि आफू उनको चालक रहेको उनी बताउँछन् । त्यसपछि गाउँमा आएर उनले मोवाईल मर्मत लगायतको इलोक्ट्रोनिक काम सिकेर जिविका चलाउँन सुरु गरे । पछिल्लो समय उनले फर्निचर र मिल चलाएर आर्थिक अबस्था सु्धार गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण