प्रचण्डले एकाएक किन गरे चीन भ्रमण स्थगित ?
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी साता गर्ने भनेको चीन भ्रमण तत्काललाई स्थगित गरेका छन् ।
यसअघि नेकपाका झण्डै ५ दर्जन नेतासहित प्रचण्ड चीन भ्रमणमा जाने कुरा सार्वजनिक भएको थियो । तर, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टीका कामले गर्दा प्रचण्डले आफ्नो चीन भ्रमण स्थगित गर्न पुगेका हुन् ।
‘प्रधानमन्त्री तथा अर्का अध्यक्ष अस्वस्थ भएर अस्पतालमै भएका बेला छोडेर हिड्नु राम्रो हुदैन भन्ने प्रचण्डको बुझाइ छ । त्यसैले समय परिवर्तन हुनसक्छ । पहिला सार्वजनिक भएको तालिकामा त लगभग नजाने जस्तै छ’ प्रचण्ड निकट स्रोतको भनाइ छ ।
विगत साता दिनदेखि प्रधानमन्त्री ओली एपेण्डिसाइटिसको शल्यक्रिया गरेर अस्पतालमा उपचाररत छन् । ओलीलाई अझै एक साता अस्पतालमै राख्नुपर्ने सुझाव चिकित्सकहरुले दिँदै आएका छन् ।
अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार त्रिविस्थित मनमोहन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर आफ्नो चीन भ्रमण र पार्टी एकताका बारेमा छलफल समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण