अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात गर्ने स्टील र आल्मुनियममा कर वृद्धि गर्ने
वासिङ्टन । अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील तथा आल्मुनियममा कर वृद्धि गर्ने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गरेको ट्वीट सन्देशमा ब्राजिल तथा अर्जेन्टिनाबाट आयात गर्ने स्टील, आल्मुनियमलगायतका सामानमा अमेरिकी प्रशासनले कर वृद्धि गर्न लागेको बताए ।
सन्देशमा भनिएको छ, ‘ब्राजिल र अर्जेन्टिनामा व्यापक मुद्रा स्फीति भएको र अमेरिकी किसानले उनीहरूको सामान खरिद गर्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्रमा परेको देखिएकोले त्यहाँबाट खरिद हुने स्टील, आल्मुनियमलगायतका सामानमा कर वृद्धि गर्न लागिएको हो ।’
उनले थपे, ‘निर्णयलाई बिलम्ब नगरिकन कार्यान्वयनमा ल्याइनेछ ।’
अमेरिकी ट्रम्प प्रशासनले हरेक कुरामा ‘अमेरिका प्रथम’ भन्ने नीतिलाई अघि सार्दै यसअघि चीन, जापान, भारत,मेक्सिकोलगायतका देशबाट आयात गर्ने सामानहरूमा पनि कर वृद्धिको घोषणा गरेको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण