बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खगेन्द्रको कटाक्ष : ‘साझा र विवेकशील हावा, गफास्ट र भुइँफुट्टा’

मङ्गलबार, १७ मङ्सिर २०७६, १२ : १९
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौँ । वैकल्पिक शक्तिका रुपमा आफुलाई उभ्याउन खोज्ने साझा र विवेकशील पार्टीले उपनिर्वाचनमा ल्याएको लज्जास्पद मतबारे अझै पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

मङ्गलबार लेखक तथा विश्लेषक खगेन्द्र सङ्ग्रौलाले काँग्रेस र कम्युनिस्टलाई सनातनी भ्रष्ट दलहरुको संज्ञा दिँदै साझा र विवेकशीललाई हावा गफास्ट र भुइँफुट्टाको संज्ञा दिएका छन् ।

उपनिर्वाचनको परिणामलाई लिएर सङ्ग्रौलाले चुनाव प्रचारका क्रममा मुलुक नै हामीतिर उल्टियो भनेर साझा र विवेकशील पार्टीका नेताहरुले भनेपनि एक प्रतिशत भोट समेत ल्याउन नसकेपछि उनीहरुप्रति जनताको विश्वास नदेखिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सङ्ग्रौलाले भनेका छन् ‘जनताले सनातनी भ्रस्ट दलको विकल्प त अवस्य खोजेका छन् तर साझा र विवेकशीलजस्ता हावा, गफास्ट र भुइँफुट्टा दल होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप