खगेन्द्रको कटाक्ष : ‘साझा र विवेकशील हावा, गफास्ट र भुइँफुट्टा’
काठमाडौँ । वैकल्पिक शक्तिका रुपमा आफुलाई उभ्याउन खोज्ने साझा र विवेकशील पार्टीले उपनिर्वाचनमा ल्याएको लज्जास्पद मतबारे अझै पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
मङ्गलबार लेखक तथा विश्लेषक खगेन्द्र सङ्ग्रौलाले काँग्रेस र कम्युनिस्टलाई सनातनी भ्रष्ट दलहरुको संज्ञा दिँदै साझा र विवेकशीललाई हावा गफास्ट र भुइँफुट्टाको संज्ञा दिएका छन् ।
उपनिर्वाचनको परिणामलाई लिएर सङ्ग्रौलाले चुनाव प्रचारका क्रममा मुलुक नै हामीतिर उल्टियो भनेर साझा र विवेकशील पार्टीका नेताहरुले भनेपनि एक प्रतिशत भोट समेत ल्याउन नसकेपछि उनीहरुप्रति जनताको विश्वास नदेखिएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सङ्ग्रौलाले भनेका छन् ‘जनताले सनातनी भ्रस्ट दलको विकल्प त अवस्य खोजेका छन् तर साझा र विवेकशीलजस्ता हावा, गफास्ट र भुइँफुट्टा दल होइन ।’
चुनाव प्रचारमा बाेसहरूले मुलुकै हामीतिर उल्टिने भाे टाइपकाे फुइँ दियाथे,याे खुद्रे चुनावमा साझा र विवेकशील पार्टीले १ प्रतिशत भाेट पनि पाएनछन्। भन्देखि अब बुझ्नुपराे- जनताले सनातनी भ्रष्ट दलकाे विकल्प त अवश्य खाेजेका छन्,तर साझा र विवेकशीलजस्ता हावा गफास्टक र भुइँफुट्टा दल हाेइन।
— Khagendra Sangroula (@belakoboli) December 1, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण