घाइते लिएर काठमाडौँ आइपुग्यो सेनाको हेलिकप्टर
मङ्गलबार, १७ मङ्सिर २०७६, १५ : ३५
बागलुङको बुर्तिवाङमा भएको जिप दुर्घटनाका घाइतेलाई बोकेर नेपाली सेनाको हेलिकप्टर काठमाडौँ फर्किएको छ । मंगलबार अपरान्ह २ः३५ मा घाइतेलाई बोकेर सेनाको हेलिकप्टर बुर्तिवाङबाट काठमाडौँका लागि उडेको थियो ।
गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपूजाका लागि बागलुङको निसिखोला जाँदै गरेको जिप दुर्घटनामा परेका घाइतेहरुलाई लिनका लागि पूर्वमन्त्री गोकर्ण विष्टसमेत बुर्तिवाङ पुगेका थिए ।
नेपाली सेनाको हेलिकप्टर लिएर पूर्वमन्त्री विष्ट मङ्गलबार अपरान्ह २ः१० बजे बागलुङको बुर्तिवाङ पुगेका हुन् ।
दुर्घटनामा घाइते भएकाहरुलाई बोकेर पूर्वमन्त्री विष्टसहितको टोली काठमाडौँ फर्केको छ । घाइतेहरुलाई काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको हो ।
दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
-
थुनामा रहेका टोपबहादुरसहितका प्रतिवादीले बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउँछन् ?
-
मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग सांसद अधिकारीको माग
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण