सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहल जरुरीः प्रचण्ड
काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले बाग्लुङको बडीगाड गाउँपालिका–७ भिमगिठे नजिकै भएको सवारी दुर्घटनामा परी १४ जनाको निधन भएको प्रति दुःख व्यक्त गरेका छन् ।
प्रचण्डले उक्त दुर्घटनामा निधन भएकाहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । साथै प्रचण्डले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
प्रचण्डले बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरण गर्न आवश्यक पहलका लागि सम्बन्धित क्षेत्रको विशेष ध्यान जान जरुरी रहेको बताएका छन् ।
‘देशका विभिन्न भागमा हुने यस प्रकारका सवारी दुर्घटनाहरु नेपाली सडकको दूरावस्था, पुराना सवारी साधनको प्रयोग र सवारी सञ्चालनमा देखिएको हेलचेक्राइ समेतका कारण हुँदै आएका छन् । सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहलका लागि सम्बन्धित क्षेत्रको विशेष ध्यान जान जरुरी छ’, प्रचण्डले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सो दुर्घटनामा अन्य एक जना खोलाले बगाएर बेपत्ता हुनुका साथै तीन जना गम्भीर घाइते पनि भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण