प्रचण्डले बोलाए पार्टीको सचिवालय बैठक
मङ्गलबार, १७ मङ्सिर २०७६, २१ : १९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको सचिवलाय बैठक बुधबार बस्ने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार बस्ने गरी बैठक बोलाएका हुन् ।
प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि सचिवालय बैठकले बस्न लगेको यो पहिलो पटक हो ।
बैठक बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भनिएको छ ।
बैठकमा हालैसम्पन्न उपनिर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजाको बारेमा समीक्षा हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री तथा अर्का पार्टी अध्यक्ष केपी शर्मा ओली यतिबेला एपेन्डिसाइटिसको अपरेशनपछि अस्पतालमा उपचाररत छन् ।
ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै प्रचण्डले आफ्नो चीन भ्रमणसमेत तत्कालका लागि स्थगित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण