सुखद रहेन मोरिन्हो ओल्ड ट्राफोड फिर्ती
एजेन्सी । जोसे मोरिन्हो बुधबार ओल्ड ट्राफोड मैदान प्रवेश गर्दै थिए, यस पटक विपक्षी टोलीको म्यानेजरको रुपमा । तर, ओल्ड ट्राफोडमा उनको फिर्ती भने सुखद रहेन ।
मार्कस रासफोर्डले दुई गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले मोरिन्होको टोटनहमलाई २–१ ले पराजित गर्यो ।
रासफोर्डले खेलको छैटौँ मिनेटमा नै युनाइटेडलाई अग्रता दिलाए । तर, खेलको ३९ औँ मिनेटमा डेली अलीले टोटनहमलाई खेल बराबरीमा ल्याए ।
दोस्रो हाफमा युनाइटेडले पेनाल्टी पायो । जसलाई रासफोर्डले सजिलै गोलमा परिणत गरे । उनको यो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

टोटनहमले प्रिमियर लिगमा सबैभन्दा धेरै युनाइटेडसँग ३५ खेल हारेको छ । यता, गत अगस्त यता घरेलु मैदानमा खेलिएका ९ खेलमा युनाइटेड अपराजित रहेको छ ।
जीतसँगै युनाइटेड लिगको छैटौँ स्थानमा उक्लिएको छ । टोटनहम लिगको आठौँ स्थानमा सिमित छ । अब युनाइटेडले शनिबार एतिहाद स्टेसडियममा चिर प्रतिद्वन्द्वीको सामना गर्नेछ भने टोटनहमले घरमा बर्नलीको आतिथ्य गर्नेछ ।

बुधबार भएको अन्य खेलमा चेल्सीले एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै लिगको चौथो स्थानमा कायम रहेको छ ।
चेल्सीको जीतमा ट्यामी अब्राहम र मेसन माउन्टले गोल गरे भने भिल्लाका लागि एक मात्र गोल ट्रेजेगुएटले गरे ।
योसँगै चेल्सीले भिल्लाबिरुद्ध घरेलु मैदानमा लगातार ५ खेल जित्न सफल भएको छ ।
१५ खेलबाट चेल्सीको २९ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण