आमाको गलामा निमाको स्वर्ण (फोटो)
काठमाडौं । नेपालकी निमा घर्तीमगरले १३औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा बिहीबार स्वर्ण जितेकी छन् । निमाले थाउलो अन्तर्गत नान्दौमा स्वर्ण पदक जितेकी हुन् ।
निमाको सागमा लगातार दोस्रो स्वर्ण हो । यसअघि भारतमा भएको १२ औँ सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् ।
लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार निमाले बङ्गलादेशकी मोर्जिना अख्तरलाई हराइन् । निमाले १८.१९ स्कोर गरिन् । अख्तरले १६.३ अंक नाइन् ।

निमाले आफूले जितेको स्वर्ण पदक आफ्नो परिवारलाई समर्पित गर्न चाहेको बताइन् । आमालाई आफूले जितेको पदक लगाइदिँदै निमाले भनिन्, ‘म यो पदक मेरो परिवारलाई समर्पित गर्न चाहन्छु ।’
यसअघि भारतमा स्वर्ण जितेपनि अहिले आफ्नो परिवार र साथीभाइको अगाडि पदक जित्नुको छुट्टै महत्त्व भएको बताइन् ।

‘पदक जितेर निकै खुसी लागेको छ,’ निमाले जीतको अनुभव साट्दै भनिन्, ‘आज मिस्टेक धेरै भएन, राम्रो खेल प्रदर्शन गरेँ । अब अझै आफ्नो खेललाई सुधारेर अन्य अन्तर्राष्ट्रिय खेलहरुमा भाग लिएर अझै धेरै पदक ल्याउने प्रेरणा मिलेको छ ।’

६ महिनादेखि क्लोज्ड क्याम्पमा राखेर सरकारले प्रशिक्षणको राम्रो व्यवस्था गरे पनि खेलको इक्युप्मेन्टहरु भने अलि ढिला आएकोमा उनले गुनासो गरिन् । ‘हुन त हामी त्योभन्दा अघि देखि नै हामी तयारी अवस्थामा नै थियौँ,’ उनले भनिन्, ‘अब यतिले मात्र पुग्दैन । हामीले हाम्रो खेल अझ बढी सुधार्नुपर्छ ।’
उनले प्रतियोगितामा नेपालको पक्षमा ‘फेयर रिजल्ट’ नआएको पनि गुनासो गरिन् ।
निमाले स्वर्ण जित्दा श्रीलंकाकी सञ्जु कुमारीले १४.७९ अंक जोड्दै तेस्रो भइन् । यससँगै नेपालको स्वर्ण ३० पुगेको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण