जब उडिरहेको विमानभित्र तीन यात्रुलाई एकैपटक हर्टअट्याक भयो...
एजेन्सी । सामान्यतया जब जहाज हावामा हुन्छ, यसले प्रायः यात्रुहरूको हृदयलाई असर गर्दछ। हवाइजहाजमा यात्रुहरुलाई ह्दयघात हुनु नौलो कुरा होइन । तर यदि एउटै जहाजमा यात्रा गरिरहेका तीन जनालाई एकैपटक हृदयघात भयो र एउटा यात्री मरे भने त्यो आश्चर्यको कुरा हुन पुग्छ । यस्तै एउटा घटना पाकिस्तानको एउटा जहाजमा भएको छ ।
दुई दिनअघि पाकिस्तानको सरकारी एयरलाइन्स पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को विमानमा यस्तै घटना हुन पुग्यो । जेद्दाबाट इस्लामाबाद आउँदै गरेको पीआईएको एउटा विमानमा दुई जोडीसहित तीन यात्रुलाई हर्ट अट्याक भयो । तीमध्ये एक महिला यात्रुको तत्काल मृत्यु भयो भने एक जोडी बाँच्न सफल भए । त्यो जोडीलाई उपचारको लागि एनको अस्पतालमा भर्ना गरिएको सञ्चारमाध्यामहरुले जनाएका छन् ।
विमानमा सँगै हृदयघात भएका तीन यात्रु जेद्दाहबाट इस्लामाबाद आउँदै थिए।
‘पीआईए विमान नम्बर (पीके ७४२) मा करिब २२५ यात्रु यात्रारत थिए। जब विमान उड्न शुरू भयो, तीन यात्रुले छाती दुखेको भन्दै छट्पटाउन थाले’ पाकिस्तान टुडेले एक रिपोर्टमा भनेको छ । यात्रु एक्कासी छट्पटाउन थालेपछि पाइलटले विमानलाई कराँची एयरपोर्टमा आपतकालीन अवतरण गराए ।
जब विमान एयरपोर्टमा अवतरण गरेको थियो, लगत्तै नागरिक उड्डयन प्राधिकरण (सीएए) बाट एक टोली एम्बुलेन्समा चिकित्सकहरू र मेडिकल स्टाफहरूको साथमा आइपुगेका थिए । चिकित्सकहरुले छाती दुखिरहेका बिरामीहरुको जाँच गरेको थियो ।
चिकित्सकहरुको टोलीले ३ जनामध्ये महला बीबी नामकी महिलालाई तत्काल मृत घोषित गरेको थियो भने एक दम्पतीलाई उपचारका लागि अस्पतालमा भर्ना हुन सल्लाह दिएको थियो । चिकित्सकहरुका अनुसार महाला बिबीको विमान एयरपोर्टमा अवतरण हुनुअघि नै मृत्यु भैसकेको थियो । Photo: jagaran.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण