१० वर्षीया बालिका बलात्कार गर्ने एक पुरुष पक्राउ
शुक्रबार, २० मङ्सिर २०७६, १४ : १८
१
बुटवल । गुल्मीमा ४१ वर्षीय पुरुषले १० वर्षीया एक बालिकालाई बलात्कार गरेको घटना प्रहरीले सार्वाजानिक गरेको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ३ लोलाङ्दीका ४१ वर्षीय भोजबहादुर सार्कीले १० वर्षीया बालिका बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मिनबहादुर घलेका अनुसार बिहिवार विद्यालय जान हिँडेकी बालिकालाई निजले चलाउँदै आएको एक फर्निचरको गाडीमा राखेर स्कुल पुर्याइदिन्छु भन्दै केही बालबालिकालाई गाडीमा चढाएका थिए ।
उनले अन्य बालबालिकालाई ओरालेको र ती बालिकालाई अन्यत्रै पुर्याएर बलात्कार गरि फकाउनका लागि ३० रुपैयाँ दिएका थिए । निजलाई हिँजै पक्राउ गरि आज अदालतमा हाजिर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन