महिला क्रिकेटमा श्रीलङ्कासँग नेपाल पराजित, उपाधिका लागि बंगलादेश र श्रीलङ्का भिड्ने
शुक्रबार, २० मङ्सिर २०७६, १५ : ११
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपाल उपाधि होडबाट बाहिरिएको छ । शुक्रबार पोखरामा भएको खेलमा श्रीलङ्कासँग पराजित हुँदै नेपाल उपाधि होडबाट बाहिरिएको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।
११९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ७७ रनमात्र बनाउन सक्यो । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन् । यस्तै, कविता कुँवरले १३, करुणा भण्डारीले १२ र अप्सरी बेगमले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
प्रतियोगिताको उपाधिका लागि अब बंगलादेश र श्रीलङ्का भिड्नेछन् । बंगलादेश अहिलेसम्म अपराजित छ भने श्रीलङ्काले तीनमध्ये दुई खेल जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण