राजनीतिज्ञसँग प्रविधिसम्वन्धी ज्ञान हुन आवश्यक छ : उर्जामन्त्री पुन
काठमाडौं । उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले राजनीतिक व्यक्तिसँग प्रविधिसम्बन्धी ज्ञान नभए विकास निर्माणका कामले गति लिन नसक्ने बताएका छन् । उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय जलस्रोत तथा सिञ्चाई विभागले शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विकास बहस’ कार्यक्रममा मन्त्री पुनले पूर्वाधारको विकास विना समृद्धि सम्भव नहुने र त्यसका लागि राजनीतिज्ञसँग ज्ञान हुन आवश्यक भएको बताए ।
उनले राजनीतिक व्यक्तिले प्राविधिक विषयमा न्यूनतम ज्ञान नराख्ने हो भने कुनैपनि आयोजना अगाडी बढ्न गाह्रो हुने बताए । उनले जलविद्युत क्षेत्रमा ड्याम र सुरुङको डिजाइन बनाउने काम महत्वपूर्ण भएपनि दक्ष जनशक्ति नेपालमा नभएको बताए । मन्त्री पुनले सुरुङ र ड्याम निर्माण गर्ने, डिजाइन गर्ने जनशक्ति तयार गर्न सरकारले ध्यान दिएको बताए ।
मन्त्री पुनले जलविद्युत र खानेपानी क्षेत्रमा सुरुङ निर्माणको काम राम्रो भएपनि यातायात क्षेत्रमा निर्माण हुन नसकेको बताए । सरकारले पछिल्लो समय विभिन्न सुरुङमार्गको निर्माण गर्न लागेकाले त्यस क्षेत्रमा पनि केही वर्षमा पूर्वाधार र जनशक्ति दुवै तयार हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैन : महामन्त्री शर्मा
-
लप्ची : जहाँ गुफा–गुफामा ध्यान गरिरहेछन्
-
मेयर सिंहका समर्थकलाई कारबाही गर्न पर्सा कांग्रेसको माग
-
कोशी प्रदेशमा मन्त्री बनाउने दौड
-
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी