नक्कली धानको बीउका कारण पीडित किसानले मागे क्षतिपूर्ति
गरिमा जातको धान भनेर नक्कली बीउ परेका कारण पीडित भएको भन्दै नुवाकोटका १२० भन्दा बढी किसानले क्षतिपूर्तिको लागि कृषि ज्ञान केन्द्रमा निवेदन दिएका छन् ।
गरिमा जातको धान भनेर नक्कली बीउ लगाएका कारण नोक्सान ब्यहोरेका किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेपछि पीडित किसानबाट निवेदन सङ्कलन भइरहेको केन्द्रका प्रमुख तेजप्रसाद दुवाडीले जानकारी दिए ।
उनको अनुसार उन्नत जातमा पर्ने गरिमा नामक बीउ भनेर भारतबाट ल्याएको नक्कली धानको बीउ रोपेका किसानले एक हजार १०० रोपनीमा लगाएको धानमा नोक्सान पुगेको भन्दै क्षतिपूर्ति माग गरेका छन् ।
“किसानले लगाएको धान नफलेपछि सरकारले क्षतिपूर्ति दिन सकिने आश्वासन दिएपछि उनीहरुसँग निवेदन सङ्कलन भइरहेको छ”, केन्द्र प्रमुख दुवाडीले भने, “प्राप्त निवेदनअनुसार क्षतिपूर्तिको लागि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाडौँमा सिफारिस गर्नेछौँ ।” केन्द्रले क्षतिपूर्तिको लागि वडा तथा स्थानीयतहको सिफारिस, बीउ खरीद गरेको बिल र क्षति भएको धानखेतको तस्वीरलगायतका प्रमाण खुल्ने विवरणसहित निवेदन दिन किसानलाई आग्रह गरेको छ ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गरिमा जातको धान भनेर नक्कली बीउ लगाई नोक्सान ब्यहोरेका किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेपछि राहत पाउने आशामा पीडित बनेका किसान उत्साहित हुँदै निवेदन दर्ता गराएका छन् ।
गरिमा जातको धानको बीउ लगाएका कारण जिल्लाको बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाको किसान बढी प्रभावित भएका छन् । नक्कली बीउ बिक्री गर्ने एग्रोभेट तथा वितरकको समेत लापरबाही पाइएकाले उनीहरु माथि पनि कारवाही गर्ने केन्द्रले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण