लोकमानको पालाका ‘गुप्तचर’ हरु अझै अख्तियारमा
आइतबार, २२ मङ्सिर २०७६, ०७ : ०३
राष्ट्रिय अनुसन्धान विभाग मातहतका कार्यलयका सबै कर्मचारी दुई÷दुई वर्षको कार्यकाल सकी फिर्ता भइसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएका गुप्तचरहरु अहिलेसम्म गएका छैनन् । उनीहरु अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीको पालादेखि अख्तियारमा डगमगाएर बसिरहेको बुझिएको छ ।
‘कर्मचारीलाई राहत होस् भन्दै तलबबाहेक अन्य सेवा सुविधा आउने कार्यालयमा ६/६ महिनामा फर्किने गरी कर्मचारी खटाउन गुप्चचरभित्र आचारसंहिता नै बनाइएको छ,’ स्रोतले भन्यो, ‘तर चिफ सापहरुसामु यस्ता आचारसंहिताको अनुगमन हुने कुरै भएन । यस्ता कार्यालयमा आफ्नालाई नै बढी जोड दिइन्छ ।’
आयोगमा भ्रष्टाचारविरुद्धको उजुरीमाथि हुने अनुसन्धानलाई सहयोग गर्न राष्ट्रिय अनुसन्धान विभागका विभिन्न तहका गुप्तचरहरु पठाउने चलन छ । यो समाचार नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण