पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरु ल्याउन सकिएन: पर्यटनमन्त्री भट्टराई
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरु ल्याउन नसकिएको बताएका छन् । बारबरा फाउण्डेशनले आइतबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि अनुसन्धान आवश्यक रहेको बताएका हुन् ।
उनले पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय कनेक्टिभिटिको अवस्थालाई बढाउनुपर्ने चुनौती रहेको समेत बताए । त्यस्तै हिमाली क्षेत्रमा कनेक्टिभिटिको विकास तथा ग्रेटर लुम्बिनिको अवधारणाका लागि पनि अनुसन्धान गर्नुपर्ने आवस्यकता रहेको उनले बताए । मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत पर्यटन क्षेत्रको अनुसन्धान गर्नका लागि आवस्यक व्यवस्था गर्ने समेत बताए ।
मन्त्री भट्टराईले देशमा रहेका सबै सांस्कृतिक ठाउँहरुलाई योजना बनाई पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालको जिडिपिमा कम्तिमा पनि १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुनुपर्ने र त्यसका लागि दिर्घकालिन योजना बनाएर अघि बढ्न लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण