टाटा मोटर्सको थ्रीएस वर्कशप हेटौडामा
हेटौडा– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले हेटौँडाको बसामाडीमा थ्रीएस वर्कशप संचालनमा ल्याएको छ ।
सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा सो वर्कशपको उद्घाटन गरे ।
उक्त उद्घाटन समारोहमा टाटा मोटर्सको कमर्सियल भेइकल अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी कम्पनीजका प्रमुख कार्यसंचालन अधिकृत राजेश प्रसाद गिरी, सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलियाका साथै सिप्रदीका कर्मचारीहरू र ग्राहकहरूको पनि उपस्थिति थियो ।
उक्त कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले टाटा मोटर्सले बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई ठूलो प्राथमिकता दिने जनाउँदै सर्भिस सेन्टर संजाल थप बिस्तार गरिएको प्रति खुसी व्यक्त गरे । उनले अटोमोबाइल इन्डष्ट्रीजको भविष्य भनेको नै ग्राहकको खुसी भएकोप्रति जोड दिए ।
सोही समारोहमा बोल्दै सिप्रदीका कार्यकारी अध्यक्ष जबराले निरन्तर सहयोगका लागि ग्राहकहरू, कर्मचारीहरू तथा टाटा मोटर्स लिमिटेड प्रति आभार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण