भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने अपेक्षा छ: पर्यटनमन्त्री भट्टराई
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन् । गीता ज्ञान–प्रचार सेवा समितिले काठमाडौंको पाशुपत क्षेत्रमा आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै भ्रमण वर्ष २०२० मा नेपालको पशुपतिनाथको दर्शन गर्न भारतीय प्रधानमन्त्री मोदी आउने अपेक्षा गरेका हुन् ।
उनले भारत र नेपालको संस्कृति तथा सम्पदाहरु मिल्ने भएकाले पनि भ्रमण वर्षका बेला धार्मिक गुरुहरु तथा राजनीतिक नेताहरुको भ्रमण हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले भारत र नेपालबीच जोडिएको सभ्यताको एक केन्द्रविन्दु पशुपतिनाथ रहेको बताए । उनले धार्मिक सम्बन्ध भएकै कारण धेरै भारतीय नागरिकहरु नेपाल आउने गरेको बताए ।
‘घर–घर श्रीमदभागवद्गीता–हाम्रो अभियान’ भन्ने मूल भावसहित आइतबार गीता जयन्ती मनाइएको हो । भारतले भागवत गीता र योगलाई विश्वभर फैलाउन सद्भावना दूतहरु बनाएर पठाउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण