नयाँदिल्लीका आगलागी पीडितलाई प्रधानमन्त्री र मुख्यमन्त्रीद्वारा राहत घोषणा, सञ्चालक फरार (अपडेट)

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गरेका छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी उनले आईतबार राहतको घोषणा गरेका हुन् ।
सो रकम आगलागीमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दिइने अधिकारीहरुले जानकारी दिएका छन् । उनले आगलागीमा परी गम्भीर घाइते भएकाहरुलाई प्रतिव्यक्ति ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेका छन् ।
आइतबार विहान भएको आगलागीमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् । त्यसैगरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि मृतकका परिवारलाई प्रतिव्यक्ति दश लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
उनले घाइतेहरुलाई भने प्रतिव्यक्ति एक लाख भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गर्नुभएको समाचारमा जनाइएको छ । राज्य सरकारले घटनाका बारेमा अनुसन्धान गरी सत्य तथ्यसहितको प्रतिवदेन पेश गर्न एक हप्ताको समयसीमा सहित छानविन टोली पनि खटाएको छ ।
घटनाप्रति भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसले पनि दुःख व्यक्त गरेको छ । पार्टीकी महासचिव प्रियंका गान्धीले घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छिन् ।
‘नयाँ दिल्लीको अनाज मण्डीमा रहेको कारखानामा भएको आगलागीको समाचार सुनेर निकै दु्ःख लाग्यो,’ गान्धीले भनिन् ।
नयाँ दिल्लीको रानी झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एउटा कारखानामा आगलागी भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । आगलागी भएको ठाउँबाट झण्डै ६२ जनालाई उद्धार गरिएको उद्धारकर्ताहरुको भनाई छ । घाइतेहरुको नजिकैका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
कारखानाका सञ्चालक फरार
नयाँ दिल्लीमा आगलागी भएको कारखानाका सञ्चालक फरार भएका छन् । नयाँदिल्लीस्थित अनाज मण्डीमा रहेको कारखानाका सञ्चालक सम्पर्क विहिन रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
कारखाना सञ्चालकलाई फौजदारी अभियोग लाग्ने भारतीय कानुनमा व्यवस्था भएपनि उनी फरार रहेको प्रहरीले जनाएको छ ।
दिल्ली प्रहरीले फरार भएका कारखाना सञ्चालकको खोजी भइरहेको र घटनाका बारेमा विस्तृत अध्ययन अनुसन्धान भइरहेको जनाएको छ । एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै
-
अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी
-
सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ गएकाे प्रमाणित भयाे : नवराज सुवेदी
-
प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन, तस्बिरहरू
-
कमल थापा, दिपक सिंह लगायत पक्राउपछि राप्रपाले भन्यो - सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास