न्यूजिल्याण्डमा ज्वालामुखी बिस्फोटः सय बढी फसेको आशंका
सोमबार, २३ मङ्सिर २०७६, १० : १३
न्यूजिल्याण्डमा एक ज्वालामुखी बिस्फोट भएको छ । सो स्थानमा सय बढी मानिस फसेको हुनसक्ने आशंका गरिएको बीबीसीले बताएको छ ।
ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट भएको हो । आइल्याण्डमा जब ज्वालामुखी बिस्फोट भयो तब थुप्रै पर्यटक त्यहाँ भएको बताइन्छ ।
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले उक्त दुर्घटनाको जानकारी दिँदै उक्त स्थानमा कतिजना फसेको भन्नेबारे सही जानकारी नभएको बताएकी छिन् ।
स्थानीय मेयरका अनुसार उक्त दुर्घटनामा थुप्रै व्यक्ति घाइते भएको आशंका छ ।
ह्वाइट आइल्याण्डमा देशको सबैभन्दा सक्रिय ज्वालामुखी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण