बलिउडका तीनै खानलाई पछि पारे यी अभिनेताले, बने २०१९ को सबैभन्दा सफल
बलिउडका लागि २०१९ सफल रह्यो । रिलीज भएका धेरै फिल्मले बक्स अफिसमा राम्रै कलेक्शन गर्न सफल भयो । यस वर्ष केही कलाकारको जीवनमा नयाँ आयाम थपियो । यो वर्ष धेरै कलाकारको जीवन शिखरमा पुग्न सफल भयो ।
वर्षोदेखि बलिउडमा राज गर्दै आएका तीन खान सलमान, शाहरुख र अमिरको यो वर्ष त्यति धेरै चर्चा हुन सकेन । सलमान खानको फिल्म ‘भारत’ पनि खासै सफल भएन ।
यी तीनै खानको फिल्म सफल नहुँदा यता शाहिद कपूरको भने चर्चा निकै बढ्यो । उनको फिल्म ‘कबीर सिंह’ अत्याधिक सफलता पायो । यो फिल्मको कमाई २०१९ मा सबैभन्दा धेरै कमाई गर्ने फिल्मको पहिलो नम्बरमा पर्न सफल भयो । अर्जुन रेड्डीको रिमेकले २७८ करोड भारु कमायो । यस कमाईसँगै बलिउडमा सर्वाधिक कमाउने अभिनेताको पहिलो नम्बरमा शाहिद कपूर पर्न सफल भए ।

यसैगरी, बक्सअफिसको दोस्रो नम्बरमा रहेका छन्, विक्की कौशल । यस वर्ष आएको ‘उरी–द सर्जीकल स्ट्राइक’ ले २४० करोड भारु कलेक्शन गरेको थियो । यस फिल्मले उनलाई ठूलो स्टारको रुपमा स्थापित गरिदियो ।

यता, ऋतिक रोशनको फिल्म ‘वार’ पनि उत्तिकै कमाई गर्यो । उनको यो फिल्म वर्षकै धेरै कलेक्शन गर्ने फिल्ममा पर्न सफल भयो । यसले ३१८ करोड भारु कलेक्शन गर्यो । ऋतिकको दोस्रो फिल्म ‘सुपर ३०’ ले १४६ करोड भारु कलेक्शन गरेको छ । यी दुवै फिल्मको कलेक्शनको औसत २३२.०५ करोड भारु हुन आयो । जसको कारण ऋतिक यो वर्षको बक्स अफिस कलेक्शनको तेस्रो नम्बरमा पर्न सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण