कोहलपुर घटनाप्रति काँग्रेसको गम्भीर आपत्ति, दोषीलाई कारवाही गर्न माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार बाँकेको कोहलपुरमा भएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । सोमबार काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी विद्यार्थीहरुलाई प्रहरीले रबर गोली, अश्रु ग्याँस प्रहार तथा कुटपिट गरेको घटनाप्रति आपत्ति जनाएका हुन् ।
आइतबार विद्यालय जाँदै गेरेकी प्र्रकृति चन्दलाई ट्रकले खुट्टामा कुल्चेर गम्भीर घाइते बनाएपछि विरोधमा उत्रेका विद्यार्थीहरुलाई प्रहरीले रबर गोली, अश्रु ग्याँस प्रहारका साथै कुटपिट गरेो थियो ।
‘देशको शान्ति सुरक्षा कायम गर्ने निकाय जस्तो जिम्मेवार निकायले संयमित भई कर्तव्य पालना गर्नुको साटो त्यसको ठीक विपरीत गैरजिम्मेवारपूर्ण ढंगले घटनालाई झन उत्तेजित र आक्रोशित बनाउने कार्यमा संलग्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विद्यालयभित्र रहेका विद्यार्थी लगायत बाटोमा हिडिरहेका सर्वसाधारणलाई समेत कुटपिट गरेको घटना अत्यन्त निन्दनीयको काँग्रेसको ठहर छ । काँग्रेसले घटनाको सत्यतथ्य छानविन गरी संलग्न दोषीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
घटनामा गम्भीर भई घाइते भएकी प्रकृति चन्दलगायत अन्य घाइतेहरुको उचित स्वास्थ्य उपचार एवं उचित क्षतिपूर्तिको व्यवस्थाका गर्न काँग्रेसले माग गरेको छ । यस्ता प्रकारका घटना पुनःनदो¥याउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई संयमका साथ सचेत रहन काँग्रेस आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण