एशिया र विश्व जगतमा नेपालको शिर उँचो भएको छ: उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले १३औँ दक्षिण एशियाली खेलकूद (साग) भव्य रुपमा सम्पन्न भएकामा खुशी व्यक्त गर्दै नेपालका तर्फबाट पदक जित्ने खेलाडीलाई बधाई दिएका छन् । उपराष्ट्रपतिले आज बधाई सन्देश दिँदै दक्षिण एशिया र विश्व जगत्मा नेपालको शिर उँचो हुने गरी सागको १३औँ संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकामा नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, सुरक्षा निकाय, कर्मचारी, खेलकूद पदाधिकारी र सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गरेका हुन् ।
‘मङ्सिर १५ गते दशरथ रङ्गशालामा भव्य समारोहबीच औपचारिक समुद्घाटन भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) आज पुरुष फुटबलमा भूटानलाई पराजित गर्दै नेपालले स्वर्ण पदक जितेसँगै समापन भएको छ । दक्षिण एशियाको सबैभन्दा ठूलो खेलकूद प्रतियोगिता सागको १३ औं संस्करण भव्य रुपमा सम्पन्न भएकामा अत्यन्त हर्षित छु’, उपराष्ट्रपतिको बधाई सन्देशमा भनिएको छ ।
उनले नेपालका तर्फबाट छनौट भएर देशको झण्डा फहराउँदै प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडीलाई पनि बधाईसहित धन्यवाद दिएका छन् । उपराष्ट्रपति पुनले १३औँ सागको समापन १४औँ सागको तयारी पनि हो भन्दै पाकिस्तानमा हुने सागको आगामी संस्करणमा नयाँ कीर्तिमानी सफलता हासिल गर्ने लक्ष्यका साथ नेपाल सरकार र सम्बन्धित निकाय तयारीमा जुट्ने तथा सागमा पदक विजेता खेलाडीलाई सरकारले उचित सम्मान गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण