अवार्ड नपाउँदा रिसाए शाहिद कपुर, कार्यक्रमलाई बीचैमा छोडेर हिँडे
बलिउड नायक शाहिद कपुरको फिल्म कबीर सिंहलाई दर्शकले निकै रुचाएका छन् । फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको छ । दर्शकले फिल्ममा शाहिद कपुरको अभिनयको अत्यधिक तारिफसमेत गरेका छन् । यसैकारण फिल्म सन् २०१९ को हिट फिल्मको सूचीमा समावेश भयो ।
शाहिद कपुरलाई एक अवार्ड कार्यक्रममा यही कुराले नराम्रो लाग्यो । पिंकभिलाका अनुसार शाहिद कपुर एक अवार्ड कार्यक्रममा समावेश भएका थिए तर कबिर सिंहमा अभिनयका लागि उनलाई कुनै पनि अवार्ड दिइएन । जसका कारण उनी निकै रिसाए र कार्यक्रमलाई बीचमा नै छोडेर हिँडे । यसबाहेक शाहिद कपुरले कार्यक्रममा आफ्नो प्रस्तुती दिन पनि अस्विकार गरे ।
किन रिसाए शाहिद कपुर ?
एक स्रोतका अनुसार शाहिद कपुर कार्यक्रम निर्मातासँग निकै रिसाए किनभने उनले कबिर सिंहबाट अभिनयको भिन्न स्केल सेट गरेका छन् । रणवीर सिंहले अवार्ड पाउने बित्तिकै शाहिद कपुर जुरुक्क उठे र कार्यक्रमबाट हिँडे । त्यहाँ उनले आफ्नो प्रस्तुती दिनु थियो तर उनले यस्तो गरेनन् ।
रिपोर्टलाई मान्ने हो भने शाहिद कपुरलाई कार्यक्रम बीचमा नै छोड्नु पर्दा कार्यक्रम आयोजकलाई पनि झट्का लाग्यो । कामको कुरा गर्ने हो भने शाहिद कपुर फिल्म जर्सीको सुटिङमा व्यस्त छन् । यो फिल्ममा उनीसँग बुवा पंकज कपूर पनि देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण